१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

अवार्डबाट एक लाख बचत

गत वैशाखमा आयोजित सातौं पोखरा स्पोटर्स अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एक लाख रूपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्ययअनुसार एक लाख ११ हजार रूपैयाँ बचत गरेको हो।

स्पोटर्स अवार्डमा मञ्चले २६ लाख ९९ हजार १२ रूपैयाँ विभिन्न शीर्षकमा आम्दानी गर्दा २५ लाख ८७ हजार २ सय ५५ रूपैयाँ खर्च भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए। मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षासमेत गरिएको थियो। सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना भएको थियो।

प्रकाशित: २६ श्रावण २०८० ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App