३ असार २०८१ सोमबार
image/svg+xml
खेल

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

नेपाली दूतावास दक्षिण कोरियाले मंगलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ।  

दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरू राजु क्षत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गरेकी हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रूपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च  

मूल्याङ्कन गर्दै यी तीन तेक्वान्दोकर्मीहरूको सम्मान गरिएको हो। दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व र्याङ्किङ जी वानअन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो। तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवद्र्धन गरिरहेका छन्। अशोक सो प्रतियोगिताका लागि दक्षिण कोरिया पुगेका हुन्। क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आफ्नो कर्मस्थल बनाउँदै आएका छन्।  

 

प्रकाशित: २४ श्रावण २०८० ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App