२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ। दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गरेकी हुन।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन गर्दै यी तीन तेक्वान्दोकर्मीहरुको सम्मान गरिएको हो ।

दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व र्‍याङ्किङ जि १ अन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गरेका थिए। दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा.किमुन यमको स्मृतिमा सञ्चालन भएको हो।तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुरले लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवद्र्धन गरिरहेका छन ।

अशोक सो प्रतियोगिताका लागि दक्षिण कोरिया पुगेका हुन।क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आफ्नो कर्मस्थल बनाउँदै आएका छन्।

प्रकाशित: २३ श्रावण २०८० १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App