२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता आज देखि सुरु भएको छ। प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय  खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ।

दुई दिने प्रतियोगिताको पहिलो दिन सञ्चालित खेलमा छात्र ८ देखि १० कक्षाको समूहमा अल्पाइन एकेडेमीका प्रशान्त तामाङ, नितेन मेमोरियलका दिपक गोले, फ्लोरसुरेन्ट मावीका जेसिक मैनाली तथा अरुणिमाका सजल न्यौपाने शीर्ष स्थानमा छन्।

छात्रा तर्फ न्यू जेनिथकी तृषा शाही, नितेन मेमोरियलकी निरता परियार र पुष्पसदनकी सिवानी रिजाल शीर्ष स्थानमा छन् । छात्र ६ देखि ७ कक्षा समुहमा पाठसालका ओस्कार पन्थी, पुस्पसदनका असिम मर्हजन, साइ निल्यम बोर्डिङ स्कुलका अजित पौडेल र आयोजक त्रियोगका सम्यम पाण्डे शीर्ष स्थानमा छन्।छात्रा तर्फ आयोजककी नोयल थापा र ग्रिन हिलकी एन्जल मर्हजन शीर्ष स्थानमा छन्।

छात्रको ४ र ५ कक्षाको समूहमा आयोजकका आभाष रिमाल र लक्ष मोरको साथमा अन्नपूर्णका अविरल तामाङ र पुसपदिनका हार्दिक पन्त शीर्ष स्थानमा छन्।छात्रा तर्फ न्यु समिटकी नेहना श्रेष्ठ र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ शीर्ष स्थानमा छन् ।१ कक्षा देखि ३ कक्षा छात्र समूहमा माछापुच्छ्रे स्कुलका सशस श्रेष्ठ र त्रियोगका प्रसुन मल्ल शीर्ष स्थानमा छन् ।

प्रकाशित: ४ श्रावण २०८० १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App