२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई चौथो सफलता, कुसल भुर्तेलले लिए दुई विकेट

एसिसी इमर्जिङ टिम्स एसिया कपमा  युएई ए विरुद्ध नेपाललाई चौथो सफलता हात लागेको छ । युएई ए विरुद्ध नेपालका लागि तेश्रो र चौथो विकेट कुसल भुर्तेलले लिएका हुन । उनले  २४ ओभरमा टोलीका लागि तेश्रो विकेट दिलाएका हुन।तेश्रो विकेट झर्दा युएई ए ले ९६ रन मात्र रहेको छ । त्यसैगरी चौथो  विकेट  २५ दशमलब ५  ओभरमा  लिएका हुन । चौथो विकेट झर्दा युएई ए ले १०६ रन बनाएको छ ।

युएई ए विरुद्ध नेपाललाई  दोश्रो विकेट पवन सरार्फले लिएका हुन।उनले  १५ दशमलब ४ ओभरमा टोलीका लागि दोश्रो विकेट दिलाएका हुन।दोश्रो विकेट झर्दा युएई ए ले ५२ रन मात्र रहेको छ।त्यसैगरी नेपालका लागि पहिलो विकेट कुसल मल्लले दिलाएका हुन ।उनले १० दशमलब ४ ओभरमा टोलीका लागि पहिलो विकेट दिलाएका हुन। पहिलो विकेट झर्दा युएई ए ३९ रन मात्र रहेको छ । पहिलो पावर प्ले सकिदा युएई ए  कुनै नगुमाइ ३४ रनमा रहेको थियो । ताजास्थीतीमा युएई ए ले २७ ओभरमा ४ विकेट गुमाएर ११५ रन बनाएको छ। 

प्रकाशित: ३ श्रावण २०८० ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App