२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एभर्टनका अली मानसिक स्वास्थ्यलाभ गर्दै

एभर्टनका डिले अलीले मानसिक स्वास्थ्य लाभ गरिरहेको खुलासा गरेका छन्।

अलीले बाल्यकालमा आफूमाथि भएको यौन दुव्र्यवहारको घटना बिर्सनाका लागि अत्यधिक मात्रामा स्लिपिङ ट्याबलेट प्रयोग गर्दा त्यसले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर गरेको बताएका छन्।

एभर्टनमा मिडफिल्डर अलीले ६ वर्षमा आफू यौन दुव्र्यवहारमा परेको र त्यसको दुई वर्षभित्र आफू लागू औषध सेवनको कुलतमा फसेको बताए। १२ वर्षको उमेरमा एक परिवारले काख लिएपछि मात्र आफ्नो जीवनमा परिवर्तन आएको बताए। माउरिसियो पोचेटिनो टोटनहमको प्रशिक्षक रहँदा उनी उच्च लयमा थिए।

इङ्ल्यान्डले सन् २०१८ को रूस विश्वकपको सेमिफाइनसम्मको यात्रा तय गर्दा समेत अली टोलीका प्रमुख खेलाडी थिए। तर पछिल्लो केही सिजनयता भने उनी स्वाभाविक लय भेट्टाउन संघर्षरत छन्। टोटनह्यामबाट एभर्टनमा अनुबन्धित भएका अलीले गत सिजन बेसिक्टारमा लोनमा बिताएका थिए। तर उनले राम्रो प्रदर्शन भने गर्न सकेनन्।

अलीले बाल्यकालमा आफूमाथि भएको यौन दुव्र्यवहारको घटना बिर्सनाका लागि अत्यधिक मात्रामा स्लिपिङ ट्याबलेट प्रयोग गर्दा त्यसले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर गरेको बताएका छन्।

अलीले बाल्यकालको सो घटना बिर्सिन नसकेका कारण आफू मानिसक रूपमा विच्छिप्त भएको र त्यसले आफ्नो खेलजीवनलाई ठूलो घाटा पुर्‍याएको बताए।

‘म ६ वर्षको थिएँ, ममाथि मेरी आमाका साथीले यौन दुर्व्यहार गर्नुभएको थियो। मेरी आमालाई रक्सीको लत लागेको थियो,’ अलीले भने, ‘मैले यसबारे बताउन चाहे पनि उहाँले मेरो समस्या सुन्ने इच्छा देखाउनु भएन। मलाई त्यसपछि अफ्रिकास्थित मामाघर पठाइयो।

मामाघरबाट म एक वर्ष बसेपछि म घर फर्किएँ। यहाँ आएपछि मैले चुरोट खान थालेँ। आठ वर्षको उमेरमा भने म लागू औषधको दुर्व्यसनमा फसेँ। १२ वर्षको उमेरमाा अर्को परिवारले काख लिएपछि मात्र मेरो जीवनमा परिवर्तन आयो। उहाँहरू मेरा लागि भगवान् हुनुहुन्थ्यो। मलाई दुर्व्यसनबाट छुटाउन पुनस्र्थापन केन्द्र पठाइयो। त्यहाँ मैले फुटबल खेल्ने वातावरण पाएँ। जसले मेरो जीवनमा परिवर्तन ल्यायो।

अलीले अन्य बालबालिकाले पनि यस्तो घटनाबाट जुध्न नपरोस भनेर जनचेतनाको कार्यक्रम ल्याउने प्रयास गरे पनि त्यसमा सफल नभएको बताए।

६ साताको पुनर्स्थापना केन्द्रको बसाइले आफ्नो जीवनमा आमूल परिवर्तन ल्याएको अलीको भनाइ छ। ‘दुर्व्यसनबाट छुटकारा पाउन पुनर्स्थापना केन्द्रमा भर्ना हुनु डरलाग्दो घटना हो,’ उनले भने, ‘तर मैले त्यहाँ पारिवारिक वातावरण पाएँ।’

अलीले अन्य बालबालिकाले पनि यस्तो घटनाबाट जुध्न नपरोस भनेर जनचेतनाको कार्यक्रम ल्याउने प्रयास गरे पनि त्यसमा सफल नभएको बताए।

अलीले पछिल्लो केही वर्षयता सो घटना भुलाउन चिकित्सककै सल्लाहमा निद्रा लाग्ने औषधिको प्रयोग गरेको र त्यसले आफ्नो मानसिक स्वास्थ्यमा थप जटिलता ल्याएको बताए।

प्रकाशित: २९ असार २०८० ०३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App