२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भारतको जुनसुकै मैदानमा खेल्न तयार: आजम

पाकिस्तानका कप्तान बाबर आजमले अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा भारतको जुनसुकै स्थान र मैदानमा खेल्न तयार रहेको बताएका छन्।

पाकिस्तानले भारत भ्रमण गर्ने तयारी गरे पनि त्यहाँको सरकारले भने अहिलेसम्म अनुमति भने दिइसकेको छैन। पाकिस्तानले अक्टोबर १५ मा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतको सामना गर्नेछ। यस स्टेडियमको दर्शक क्षमता १ लाख ३२ हजार रहेको छ। पाकिस्तानले सन् २०१२ पछि पहिलोे पटक भारत भ्रमण गर्न लागेको हो।

पाकिस्तान र भारतबीच खराब राजनीतिक सम्बन्धका कारण यी दुई राष्ट्र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र भिड्ने गरेका छन्। यी दुई टोली पछिल्लो पटक गत वर्ष अस्ट्रेलियामा ट्वान्टी-२० विश्वकप क्रिकेटमा भिडेका थिए।

पाकिस्तानका कप्तान बाबर आजमले अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा भारतको जुनसुकै स्थान र मैदानमा खेल्न तयार रहेको बताएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत साता नै अक्टोबर ५ बाट सुरु हुने विश्वकपका लागि भारत भ्रमणको अनुमति प्रदान गर्ने भन्दै प्रधानमन्त्री सेहवाज सराफी र विदेश मन्त्रीलाई पत्राचार गरेको थियो। आजमले आफूहरू खेलाडी भएकाले विपक्षी टोली को हुने र कुन स्थानमा खेल हुने भन्ने कुराले ठूलो अर्थ नराख्ने बताए।

‘हामी एकदिवसीय विश्वकप खेल्दै छौं। भारतविरुद्धको एकदिवसीय शृंखला होइन। विश्वकपमा हामीले खेल्नुपर्ने अन्य टोली पनि छन्। भारत हाम्रो एक मात्र प्रतिद्वन्द्वी होइन,’ आजमले भने, ‘हामी भारतविरुद्धको खेलमा मात्र केन्द्रित छैनाैं। त्यहाँ अन्य नौ राष्ट्र पनि सहभागी छन। हामी उपाधि जित्नेमा केन्द्रित छौं।’

यसअघि पाकिस्तानले भारत भ्रमण नगर्ने भन्दै विश्वकप अन्य राष्ट्रमा सार्नका लागि गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अस्वीकार गरेको थियो। ‘एक व्यावसायिक खेलाडीका रूपमा खेल्नु नै हाम्रो धर्म हो,’ आजमले भने, ‘जहाँ क्रिकेटका खेल हुन्छ, हामी त्यहाँ जान्छाैं र खेल्छाैं। हामी विश्वका कुनै पनि राष्ट्रमा गएर खेल्न तयार छाैं।’

यसअघि पाकिस्तानले भारत भ्रमण नगर्ने भन्दै विश्वकप अन्य राष्ट्रमा सार्नका लागि गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अस्वीकार गरेको थियो।

पाकिस्तानले हैदराबाद, चेन्नई, बंगलोर र कोलकातामा समेत खेल खेल्दै छ। अक्टोबर ५ बाट सुरु हुने विश्वकप नोभेम्बर १९ सम्म हुनेछ। भारत भ्रमणअघि पाकिस्तानले यसै महिना दुई टेस्ट शृंखलाका लागि श्रीलंकाको भ्रमण गर्नेछ।

‘हामी श्रीलंका भ्रमणका साथै एकदिवसीय विश्वकपका लागि निकै उत्साही छौं,’ आजमले भने। पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेस्ट जुलाई १६ र दोस्रो टेस्ट जुलाई २४ मा कोलम्बोमा हुनेछ।

पाकिस्तानले अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म ६ राष्ट्र सम्मिलित एसिया कपको आयोजना गर्दै छ। प्रतियोगिातको सुरुआती ४ खेल पाकिस्तानमा हुनेछ। फाइनलसहित बाँकी नौ खेल भने श्रीलंकामा आयोजना हुनेछ।

प्रकाशित: २२ असार २०८० ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App