२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

एसिसी मेन्स यु-१६ इस्ट जोन कप: नेपालद्वारा उपाधिमा ह्याट्रिक

नरेन भट्टको अविजित शतक र अभिषेक तिवारीको उत्कृष्ट बलिङप्रेरित नेपालले मंगलबार मलेसियामाथि २ सय २१ रनको सानदार जितसहित एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिमा ह्याट्रिक गरेको छ।

मलेसियाको बायोमास ओभल मैदानमा नेपालले प्रस्तुत गरेको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रनमा सीमित भयो। मलेसियाका मोहम्मद अक्रमले १० रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

नेपालका अभिषेकले पहिलो ओभरमै दुई विकेट लिँएसँगै मलेसिया सुरुआती दबाबमा परेको थियो। पहिलो बलमा मलेसियाका ओपनर मोहम्मेद एस्लेक्वेललाई बोल्ड गरेका अभिषेकले सोही ओभरको पाँचाैं बलमा हम्जा पाँगीलाई पनि बोल्ड गरेका थिए। एक रन जोड्दा दुई विकेट गुमाएको मलेसियाले ५ रन जोड्दा तेस्रो विकेट गुमायो। अभिषेकले मलेसियाका कप्तान तथा ओपनर मोहम्मेद आलिफलाई समेत बोल्ड गरे।

नरेन भट्टको अविजित शतक र अभिषेक तिवारीको उत्कृष्ट बलिङप्रेरित नेपालले मंगलबार मलेसियामाथि २ सय २१ रनको सानदार जितसहित एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिमा ह्याट्रिक गरेको छ।

थप ५ रन जोड्ने क्रममा मलेसियाले मोहम्मेद हारिल्ललाई पनि गुमायो। हारिल्ललाई अभिषेकले नै बोल्ड गरेका थिए। १८ रनमा मलेसियाले पाँचौं विकेट गुमायो। मोम्मेद अर्सफलाई सागर गैरेले अभिषेकबाट क्याच गराएका थिए। १८–५ को स्थितिमा रहेको मलेसियाले थप ११ रन जोड्दा बाँकी ५ विकेट गुमाएको थियो। नेपालका अभिषेकले ६ ओभरमा एक मेडनसहित ७ रन खर्चिंदै ५ विकेट लिए। सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चंदै ३ विकेट लिए।

त्यस्तै सागर र अशोक धामीले समान १ विकेट लिए। नेपालले २०१७ मा सिंगापुर र २०१९ मा मलेसियालाई हराउँदै दुई संस्करणको उपाधि जितेको थियो। कोभिड १९ महामारीका कारण रोकिएको प्रतियोगिता यस वर्ष आयोजना भएको हो। नेपालले समूह ‘ए’ को विजेताका लागि भएको खेलमा पनि मलेसियालाई हराएको थियो।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि नरेनले ८९ बलमा १० चौका र २ छक्काको मद्दतमा अविजित १ सय १२ रन जोडे भने ओपनर नीरजकुमार यादवले ४९ बलमा ६ चौकाको मद्दतमा ४७ रन जोडे।

नीरजले पहिलो विकेटका लागि अर्का ओपनर सूर्यान्शु कोइरालासँग ४१ रनको साझेदारी गर्दै नेपाललाई सुखद सुरुआत दिलाएका थिए।

सूर्यान्शुले २३ बलमा २ चौकाको मद्दतमा १८ रन जोडे। ११२–४ को स्थितिमा ब्याटिङका लागि आएका सन्तोष यादवसँग नरेनले पाँचौं विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै नेपाललाई विशाल लक्ष्यतर्फ डोर्‍याएका थिए।

नीरजले पहिलो विकेटका लागि अर्का ओपनर सूर्यान्शु कोइरालासँग ४१ रनको साझेदारी गर्दै नेपाललाई सुखद सुरुआत दिलाएका थिए।

सन्तोषले २९ बलमा २ चौकाको मद्दतमा २६ रन जोडे। मलेसियाका अक्रमले ३ तथा हाजिक हिक्वेल, एरिन अकिल र मोहाम्मेल फातुन मोईले समान १ विकेट लिए। मंगलबार नै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो। सिंगापुरले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य हङकङले २३.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो।

प्रकाशित: २० असार २०८० ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App