१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

मञ्चको साधारणसभामा पुनर्ताजगी प्रशिक्षण

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १८औं वार्षिक साधारणसभा तथा खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

काभ्रेको धुलिखेलमा आइतबारदेखि सुरु भएको दुईदिने उक्त कार्यक्रम सम्पन्न भएको हो। पहिलो दिन मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सिएमआर नेपाल एकेडेमीका डाइरेक्टर उज्ज्वल आचार्यले प्रशिक्षण दिए। उक्त प्रशिक्षणमा ६४ जना खेल पत्रकार सहभागी थिए। मञ्चले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो। उक्त दुई दिने पत्रकारिता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटिएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेका थिए। सोमबार मञ्चको १८औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की र पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष वैकुण्ठ पराजुलीलगायतले खेलकुद पत्रकारिताका विषयमा विचार राखेका थिए। उक्त साधारणसभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।  

सो प्रतिवेदन साधारणसभाले पास गर्‍यो। सोमबार उक्त साधारणसभामा राखेपका सदस्यसचिव टंकलाल घिसिङले चालू आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विवरण प्रस्तुत गरेका थिए। 

प्रकाशित: १९ असार २०८० ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App