२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

खुश्बु र रिमालाई स्वर्ण

कोटेश्वरकी रिमा खत्रीविरुद्ध किक प्रहार गर्दै नेपाल सेल्फ डिफेन्सकी स्वस्तिका खड्का। तस्बिर: नागरिक

चन्द्रागिरीकी खुश्बु लिम्बु र कोटेश्वरकी रिमा खत्रीले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा शनिबारदेखि कोटेश्वर तेक्वान्दो डोजाङमा सुरु भएको प्रतियोगितामा खुश्बुले महिला ४६ केजी र रिमाले महिला ५२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्। रिमाले फाइनलमा चन्द्रागिरीकी रचना कुमाललाई हराइन्। त्यस अघि रिमाले सेमिफाइनलमा नेपाल सेल्फ डिफेन्सकी स्वस्तिका खड्का हराएकी थिइन्। सेमिफाइनलमा पराजय बेहोरेका स्वस्तिका र हेटौडाकी अनीषा विकले कांस्य पदकमा चित्त बुझाए। ४६ केजीमा स्वर्ण विजेता खुश्बुले भने फाइनलमा युयुत्सुकी कृष्टिना बस्नेतलाई हराइन्।

चन्द्रागिरीकी खुश्बु लिम्बु र कोटेश्वरकी रिमा खत्रीले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

यस तौल समूहमा नेसनल एकेडेमीकी सोफिया गुरुङ र लाथुम्कीकी परिधि अधिकारीले कांस्य पदक जिते। त्यसअघि प्रतियोगिताको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज कर्णबहादुर थापाले प्रतियोगिताका जुरी गणेश जिम्बा लामालाई तेक्वान्दो खेलसामाग्री हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए। सो अवसरमा बाग्मती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, राखेप बोर्ड सदस्य नन्दा बस्याल र तेक्वान्दोका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।

आइतबारसम्म हुने प्रतियोगितामा ग्योरोगीमा २० र पुम्सेमा दुई गरी कुल २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय निर्णायक हीराबहादुर थापाले जानकारी दिए।

प्रतियोगितामा विभिन्न जिल्ला र डोजाङका गरी तीन सय ७५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा महिलाकै ४९ केजी तौलसमूहमा कोटेश्वरकी इसिका रानाले स्वर्ण जित्दा फाइनलमा सुसंस्कारकी श्रृजना तामाङलाई हराइन्। यस तौलमा जीवनताराकी सीता प्रसाईं र सरस्वतीकी मुस्कान शाहीले कांस्य पदक जिते।

आइतबारसम्म हुने प्रतियोगितामा ग्योरोगीमा २० र पुम्सेमा दुई गरी कुल २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय निर्णायक हीराबहादुर थापाले जानकारी दिए।

पुरुषको २५ केजी तौल समूहमा सुनसरीका प्रजोल तामाङले फाइनलमा नेसनलका रोज तितुङलाई हराउँदै स्वर्ण जिते। हेटौंडाका अभिनत राना र मनोराम समाजका रेमन माझीले कांस्य पदकमा चित्त बुझाए।

पुरुष ३१ केजी तौलसमूहमा चन्द्रागिरीका समीर ठाकुरले स्वर्ण, कोटेश्वरका सुगम लामाले रजत तथा सिरुटारका इमोन थापा र मूलपानीका प्रशान्त धमलाले कांस्य पदक प्राप्त गरे। पुरुषकै ३४ केजी तौल समूहमा मूलपानीका भिजन तामाङले फाइनलमा सिरुटारका सबिन तामाङलाई हराउँदै स्वर्ण जिते।

शनिबारदेखि सुरु भएको पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खुश्बु लिम्बुले महिला ४६ केजी र रिमा खत्रीले महिला ५२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्।

यस तौल समूहमा लालीगुराँसका सुशील मगर र अल्पाइनका राज खाड ठकुरीले कांस्य पदक जिते। महिला २४ केजी तौलसमूहमा हेटौडाकी सुरक्षा केसीले स्वर्ण जितिन्। उनले फाइनलमा दिव्यश्वरी डोजाङकी जेनिसा थापालाई हराइन्। यो तौलमा कृतिम डोजाङकी कञ्चन अधिकारी र र हेटौंडाकी इच्छा बिष्टले कांस्य पदक प्राप्त गरिन्। 

प्रकाशित: १७ असार २०८० ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App