२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

मगस, टिभ्स र एनआईसीलाई उपाधि

मगस, टिभ्स र एनआईसीले प्रथम हिमालय एसइई बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि जितेका छन्। थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा मगस र गल्र्समा टिभ्स च्याम्पियन बने। ब्वाइज फुटसलमा एनआईसी पहिलो भयो।

कोटेश्वरस्थित आयोजक हिमालय स्कुल÷कलेजको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा मगसङले विनायक सिद्ध (भीएस) लाई १५–१४ को साँघुरो अन्तरले पराजित ग¥यो। बास्केटबलकै गल्र्सको उपाधि भिडन्तमा टिभ्सले ब्राभोलाई ६–४ ले हरायो।

ब्वाइजमा मगसका आशिष थापा मगर तथा गल्र्स टिभ्सकी पेम्बा डोल्मा शेर्पा मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।ब्वाइज फुटसल फाइनलमा एनआईसी पहिलो तथा आयोजक हिमालय दोश्रो भए। एन्जल्स लर्डका सुशील कुमाल उत्कृष्ट खेलाडी चुनिए।

बास्केटबल र फुटसल दुवैमा पहिलो हुने १० हजार तथा दोस्रोले ५ हजार नगद पुरस्कारसहित ७५ प्रतिशत छात्रवृत्ति पाए। सहभागी टिमका प्रत्येक सदस्यलाई पनि प्रोत्साहन स्वरूप ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो।

विजेतालाई हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी र बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले एक कार्यक्रमबिच पुरस्कृत गरे। दुहिदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ तथा फुटसलमा ८ ब्वाइज टिम सहभागी थिए।

प्रकाशित: १५ असार २०८० १०:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App