१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

पविन र विजितको सुखद सुरुआत

पविन लिन्थेप

त्रिभुवन आर्मी क्लबका पविन लिन्थेप र एपिएफका विजित थापामगरले तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा विजयी सुरुआत गरेका छन्।

ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा पुरुष एकलतर्फ आर्मीका पविन र एपिएफका विजितले सुखद सुरुआत गरेका हुन्। पविनले बिवाइसीका अरूण अधिकारीलाई २१–१५, २१–१७ ले हराउँदा विजितले रूपन्देहीका प्यारजंग थापामाथि २१–५, २१–९ को सफलता पाए।

त्रिभुवन आर्मी क्लबका पविन लिन्थेप र एपिएफका विजित थापामगरले तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा विजयी सुरुआत गरेका छन्।

पुरुष एकलकै अन्य खेलमा एपिएफका सुजन थापाले काठमाडौं ब्याडमिन्टन एकेडेमीका सुजल श्रेष्ठलाई २१–६, २१–४ ले र आर्मीका हिमाल चन्दले काभ्रेका अंकित भोछेभ्वयलाई २१–९, २१–११ ले हराउँदा एपिएफका शिशिर रानाले देवीनगर ब्याडमिन्टनका रिसव राईमाथि १६–२१, २१–१७, २१–१३ को संघर्षपूर्ण जित निकाले।

सोही विधाको अन्य खेलमा एपिएफका देवराज रानाले धादिङका मोहन गुरुङबाट वाक ओभर पाउँदा अभय महराले रिभाइभका किरन न्यौपानेलाई २१–१३, २१–१२ ले र पुलिसका अविक श्रेष्ठले पर्फेक्ट फिटनेस क्लबका अनिल मल्ललाई २२–२०, २१–९ ले हराए।

पुरुष एकलकै एपिएफका भोजबहादुर गुरुङले आशमान लोप्चनलाई २१–९, २१–४ ले हराउँदा पाल्पाका दीपम बज्राचार्यले भक्तपुरका सुप्रिम रानामगरबाट वाक ओभर पाए। पुरुष एकलमा नै एपिएफका रोशन साउदले आर्मीका कविर केसीलाई २१–१९, २१–१५ ले हराउँदा मण्डला ब्याडमिन्टन क्लबका अमन तामाङले रिभाइभका सलुन सिंह ठकुरीमाथि १९–२१, २१–१६, २१–१३ को संघर्षपूर्ण सफलता पाए।

पुरुष एकलकै एपिएफका भोजबहादुर गुरुङले आशमान लोप्चनलाई २१–९, २१–४ ले हराउँदा पाल्पाका दीपम बज्राचार्यले भक्तपुरका सुप्रिम रानामगरबाट वाक ओभर पाए।

त्यस्तै पुलिसका पूर्णबहादुर थापाले काठमाडाैं ब्याडमिन्टन एकेडेमीका बबिश थापालाई १६–२१, २१–१६, २१–१६ ले र सुमन लिम्बुले आइबिएससीका सुवाष उलकलाई २१–१०, २१–११ ले हराउँदै पुरुष एकलको दोस्रो चरणमा स्थान बनाए। सोही विधामा आयुश्मान श्रेष्ठ, एपिएफका क्षितिज खनाल, रिभाइभका प्रशोभरत्न शाक्य, आर्मीका रुकेश महर्जन, आर्मीका सुविन श्रेष्ठ, एपिएफका अमन महर्जन, भक्तपुरका रिसोद सुवाल, संखुवासभाका रिजन याम्फु, आर्मीका नरेन्द्र बम, बिवाइसीका सुमित थोकर, पुलिसका सुनील जोशी, बनेपाका सानुबाबु गोले, पुलिसका हीराबहादुर राई र आर्मीका विवेक चौधरीले पनि दोस्रो चरणमा स्थान बनाएका छन्।

त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। सो अवसरमा मन्त्री लिम्बुले खेललाई राजनीतिबाट पर राखेर खेल र खेलाडीको विकास गर्नुपर्ने उल्लेख गर्दै खेलाडीको आर्थिक स्तर वृद्धिका लागि स्वरोजगार कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताए।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बाग्मती प्रदेश ब्याडमिन्टन संघको तदर्थ समितिद्वारा आयोजित प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ वर्षमाथि युगल, यु–११, यु–१३ र यु–१५ छात्रछात्रा गरी कुल १० विधामा प्रतिस्पर्धा हुँदै छ।

प्रतियोगितामा पुरुष र महिला एकलमा शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्नेछन्। पुरुष युगलको शीर्ष तीनले क्रमशः नगद ४० हजार, २० हजार र आठ हजार तथा भेट्रान्समा शीर्ष तीनले ३० हजार, १५ हजार र ६ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। यु– ११, यु–१३ र यु–१५ मा शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रूपैयाँ पाउनेछन्।

प्रकाशित: १४ असार २०८० ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App