मड्रिड- च्याम्पियन्स लिगमा एथलेटिको मड्रिडविरुद्ध सानदार प्रदर्शन गरेका रियाल मड्रिड स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगाको आगामी एक खेल नखेल्ने भएका छन्। रियालले आइतबार रेलिगेसनमा परिसकेको ग्रानाडासँग खेल्दै छ।
ग्रानाडाविरुद्ध खेल्ने टोलीमा रोनाल्डो नरहेको रियाल मड्रिड क्लबले जनाएको छ। रोनाल्डोले च्याम्पियन्स लिगको महत्वपूर्ण खेलका लागि पछिल्लो समय मिहिनेत गरिरहेका छन्।
पोर्चुगलका ३२ वर्षे स्ट्राइकर रोनाल्डोले लिगको पछिल्लो ५ अवे खेलमध्ये ४ खेलमा आराम गरेका छन्।
ला लिगाको महत्वपूर्ण खेलमा जित हासिल गर्दा पनि रियालले पाँच पटक विश्व वर्ष खेलाडी भैसकेका रोनाल्डोलाई गुमाएको छैन। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा एथलेटिको मड्रिडलाई ३–० ले हराउँदा रोनाल्डोले ह्याटि्रक गरेका थिए।
ग्रानाडाविरुद्धको खेलमा घाइते भएका डानी कारभाजालले खेल्ने छैनन्। यसै गरी रियालका गोलकिपर केलर नाभास र रक्षक राफेल भारानेले पनि आराम गर्नेछन्। स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोना र रियाल मड्रिडले समान ८१ अंक जोडेका छन्। रियालले भने बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ।
प्रकाशित: २४ वैशाख २०७४ ०५:०० आइतबार