१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सेन्ट्रल एसियन भलिबल : नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदै

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा हुने यी दुई बीचको खेल दिउँसो १: ४५ बजेदेखि सुरु हुनेछ।

यस प्रतियोगितामा नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो।नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो।  तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो। यस्तै शुक्रबार किर्गिस्तानको बी टोलीसँग पराजित हुँदै नेपालले पाँचौं हार व्यहोरेको हो।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ।प्रतियोगितामा नेपाल तालिकाको पुछारमा रहेको छ।सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ। 

प्रकाशित: १० असार २०८० ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App