८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

समूहचरणमा नै रोकियो नेपालको यात्रा

कमजोर ब्याटिङसँगै निर्णायक खेलमा नेदरल्यान्ड्सलाई सात विकेटले नतिजा सुम्पिएपछि नेपालको एकदिवसीय विश्वकप खेल्ने लक्ष्यमा पूर्णविराम लागेको छ।

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा शनिबार समूह ‘ए’ को आफ्नो चौथो खेलमा नेदरल्यान्ड्समाथिको जितले मात्र नेपालको शीर्ष तीनमा रहँदै सुपर सिक्समा प्रवेश गर्ने सम्भावना कायम रहन्थ्योर तर, समूहमा चार खेलबाट मात्र एक जित र तीन हारसँगै चौथो स्थानमा खुम्चिएपछि नेपालको यात्रा समूहचरणमा नै सीमित रहन पुग्योर समूह ‘ए’ बाट वेस्ट इन्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्सले भने अघिल्लो चरणको टिकट पक्का गरेका छन्र चार खेलबाट चारै खेल गुमाएको अमेरिका भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।

शनिबार हरारेस्थित ताकासिंगा  

स्पोटर््स क्लबमा नेपालले प्रस्तुत गरेको एक सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गर्‍योर नेदरल्यान्ड्सका लागि ओपनर म्याक ओ डोउडले ७५ बलमा आठ चौका र चार छक्काको मद्दतमा ९ं० रन जोडेर बास डे लिडले ३९ बलमा ६ चौकासहित अविजित ४१ रन बनाएर ओपनर विक्रमजित सिंहले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रनको योगदान दिएर सामान्य लक्ष्य पाएको नेदरल्यान्ड्सले सुरुआती १० ओभरमा विनाविकेट ५८ रन जोडेसँगै सहज जित निकाल्ने संकेत गरेको थियो।

शनिबार समूह ‘ए’ को आफ्नो चौथो खेलमा नेदरल्यान्ड्समाथिको जितले मात्र नेपालको शीर्ष तीनमा रहँदै सुपर सिक्समा प्रवेश गर्ने सम्भावना कायम रहन्थ्योर तर, सात विकेटको हारपश्चात् चार खेलबाट मात्र एक जित र तीन पराजयसँगै चौथो स्थानमा खुम्चिएपछि नेपालको यात्रा समूहचरणमा नै सीमित रहन पुग्यो ।

ओ डोउड र सिंहले पहिलो विकेटका लागि १३ ओभरमा ८६ रनको साझेदारी गरेका थिएर तर, सिंहलाई नेपालका स्पिनर सन्दीप लामिछानेले एलबिडब्लुको सिकार बनाउँदै झिनो आशा जगाएर डच टोलीले थप १० रन जोड्दा सन्दीपले अर्को विकेट पनि लिएर त्यो विकेटसँगै १४.५ ओभरमा डच टोली ९६/२ को अवस्थामा रह्योर तर, डचका लागि ओ डोउड र डे लिडले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जितनजिक पुर्‍याएर जितका लागि ९ रन आवश्यक हुँदा ओ डोउड गुल्सन झाद्वारा आउट भए पनि डच टोलीले सहजै जित दर्ता गर्‍यो।  

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६० रन खर्चदै दुई विकेट निकाल्दा गुल्सनले ६ ओभरमा २७ रन खर्चदै एक विकेट लिएर यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सका बलरसामु निरिह बनेसँगै ४४.३ ओभरमा मात्र एक सय ६७ रनमा अलआउट भएको थियोर यसअघिका तीन खेलमा दुई सय रन कटाएको नेपाल निर्णायक खेलमा भने निराश बन्योर तेस्रो ओभरको दोस्रो बलमा नेपालले ओपनर आसिफ शेखलाई गुमायोर खातासमेत नखोलेका आसिफलाई नेदरल्यान्ड्सका लोगान भान बिकले बोल्ड गरेका हुन्र ।

दोस्रो विकेटका लागि अर्का ओपनर कुशल भुर्तेलले भीम सार्कीसँग ३९ रनको साझेदारीसहित नेपालको इनिङ उकास्ने संकेत गरेर तर, ४२ बलमा दुई चौकाको मद्दतमा २७ रन जोडेका कुशललाई विक्रमजितले विकेटकिपर स्कट इडवार्डबाट क्याच गराएर ५४ रन जोड्दा नेपालले भरपर्दा ब्याटर आरिफ शेखलाई पनि गुमायोर थप १२ रन जोड्दा भीम पनि पवेलियन फर्किएपछि नेपालमाथि थप दबाब बढ्योर भीमले ५६ बलमा एक चौकासहित २२ रन जोडे ।

पाँचौं विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २५ रनको साझेदारी गरेर रोहितले ५५ बलमा तीन चौका र एक छक्का मद्दतमा ३३ रन जोडेर कुशलले भने १९ बलमा एक चौकासहित १२ रन बनाएर सन्दीपले ३३ बलमा चार चौकाको मद्दतमा २७ रन, दीपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन तथा गुल्सनले ३१ बलमा एक चौकासहित १५ रन जोडे। नेदरल्यान्ड्सका लोगान भान बिकले ९.३ ओभरमा २४ रन खर्चदै चार विकेट निकाल्दा डे लिड र सिंहले समान दुई तथा आर्यन दत्त र क्लेटन फ्लोडको नाममा समान एक विकेट रह्यो।  

शनिबार समूह ‘ए’ को आफ्नो चौथो खेलमा नेदरल्यान्ड्समाथिको जितले मात्र नेपालको शीर्ष तीनमा रहँदै सुपर सिक्समा प्रवेश गर्ने सम्भावना कायम रहन्थ्योर तर, सात विकेटको हारपश्चात् चार खेलबाट मात्र एक जित र तीन पराजयसँगै चौथो स्थानमा खुम्चिएपछि नेपालको यात्रा समूहचरणमा नै सीमित रहन पुग्यो।

प्रकाशित: १० असार २०८० ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App