२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल मात्र १६७ रनमा अलआउट

तस्बिर साैजन्यःआईसीसी

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाल मात्र १६७ रनमा अल आउट भएको छ।  

जित्नै पर्ने दबाबमा रहेकाे नेपाल ४४.३ ओभरमा अल आउट भयो। नेपालका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन्। नेपालको लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३३ रन बनाए।  जितका लागि नेदरल्यान्ड्सले १६८ रनकाे झिनाे लक्ष्य पाएकाे छ। 

दसौं विकेटको रुपमा नेपालले सन्दिप लामिछानेलाई गुमायो। उनी चार चौका सहित २७ रन जोडेर आउट भए।  त्यसअघि करण केसी मात्र एक रन बनाएर आउट भए। नाजुक अवस्थामा पुगेको नेपालले आठौं विकेटको रूपमा गुल्शन झालाई गुमाएको थियाे। उनी मात्र १५ रन जोडेर आउट भए।  

त्यसअघि सातौं विकेटका रुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो।  उनी १४ रनमा आउट भए। उनलाइ पनि भानविकले क्याच आउट गराए। त्यसअघि ३३ रन बनाएर खेलिरहेका कप्तान रोहितकुमार पौडेल  छक्का हान्ने चक्करमा क्याच आउटको शिकार भए। उनलाई भानविकले विक्रमाजित सिंहको हातबाट क्याच आउट गराए। उनी आउट हुनु अघि ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरि ३३ रन जोडेका थिए।  

त्यसअघि नेपालले पाचौं विकेटमा कुशल मल्ललाई गुमाएको थियो।  नेपाललाई पाचौं विकेटमा कुशल मल्ललाई १ छक्कासहित १२ रनमा गुमाएको हो।  

नेपालले चौथो विकेटको रुपमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको थियो। यसअघि तेस्रो विकेटमा नेपालले आरिफ शेखलाई गुमाएको थियो। उनी २२ रन बनाएर खेलिरहेका थिए। आरिफलाई पनि नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए। त्यसअघि ७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको थियो। उनलाई नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए। यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए। उनी दोश्रो बल फेस गर्दै सुन्य रनमा आउट भएका हुन। 

नेदरल्यान्ड्सका लागि भानविकले सर्वाधिक चार विकेट लिए। 

प्रकाशित: ९ असार २०८० १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App