१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

धराशयी बन्यो नेपालको ब्याटिङ, कप्तान रोहित पौडेल पनि आउट

कप्तान रोहितकुमार पौडेल आउट भएसँगै नेपालको ब्याटिङ अवस्था धराशयी बनेको छ। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालको ब्याटिङ अवस्था धराशयी बनेको हो।

३३ रन बनाएर खेलिरहेका कप्तान पाैडेल छक्का हान्ने चक्करमा क्याच आउटको शिकार भए। उनलाई वान बिकले विक्रमाजित सिंहको हातबाट क्याच आउट गराए। उनी आउट हुनु अघि ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरि ३३ रन जोडेका थिए।  

छैठौं विकेट गुमाइसकेको नेपालले ३३ ओभर खेल्दै मात्र ११६ रन जोडेको छ। त्यसअघि नेपालले पाचौं विकेटमा कुशल मल्ललाई गुमाएको थियो।  नेपाललाई पाचौं विकेटमा कुशल मल्ललाई १ छक्कासहित १२ रनमा गुमाएको हो।

नेपालले चौथो विकेटको रुपमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको हो। यसअघि तेस्रो विकेटमा नेपालले आरिफ शेखलाई गुमाएको थियो। उनी २२ रन बनाएर खेलिरहेका थिए। आरिफलाई पनि नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

त्यसअघि ७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको थियो।उनलाई नेदरल्यान्ड्सका विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए।

उनी दोश्रो बल फेस गर्दै सुन्य रनमा आउट भएका हुन।

प्रकाशित: ९ असार २०८० ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App