६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रूपनी राइडर्स र बलान बिहुललाई सफलता

रूपनीविरुद्ध शतक प्रहार गरेपछि छिन्नमस्ताका शुभ कंसाकार। तस्बिर: नागरिक

रूपनी राइडर्स र बलान बिहुल सुपर किङ्स सप्तरीको राजविराजमा जारी पाँचौं सप्तरी प्रिमियर लिगमा शुक्रबार विजयी भएका छन्।

शुक्रबारको पहिलो खेलमा रूपनी राइडर्सले छिन्नमस्ता लायन्समाथि पाँच विकेटको जित निकालेको हो। १ सय ७७ रनको लक्ष्य रूपनीले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

रूपनीको जितमा रोहन विकले ८२ रन बनाए। उनी प्लेयर अफ दी म्याचसमेत घोषित भए। उनले ५२ बलमा आठ चौका र चार छक्का प्रहार गरे। अरनिको यादवले २७ रन, मुकुन्द यादवले २५ तथा विकास दासले २३ रन बनाए। रोहन र विकासले ९२ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे।

रूपनी राइडर्स र बलान बिहुल सुपर किङ्स सप्तरीको राजविराजमा जारी पाँचौं सप्तरी प्रिमियर लिगमा शुक्रबार विजयी भएका छन्।

त्यसअघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो। छिन्नमस्ताका लागि ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाए पनि उनको टोलीको जितका लागि पर्याप्त भएन।

शुभले १ सय १८ रन जोड्दा आठ चौका र ९ छक्का प्रहार गरे। कमल खत्रीले १४ तथा हिमांशु दत्तले १३ रन बनाए। रूपनीका बलर मुकुन्द यादवले तीन तथा जितेन्द्र मुखियाले दुई विकेट लिए। दिनको दोस्रो खेलमा बलान बिहुल सुपर किङ्सले राजविराज द किङ्सलाई आठ विकेटले हरायो।

राजविराजले दिएको १ सय २५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो। बलान बिहुलको ब्याटिङमा प्लेयर अफ दी म्याचसमेत घोषित हसिम अन्सारी ५२ रनमा अविजित रहे।

अन्सारीले ३१ बलमा चार चौका र चार छक्का प्रहार गरे। कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रूपेश सिंहले १५ रन बनाए। हसिमले पहिलो विकेटका लागि सोनुसँग ५५ रन र दोस्रो विकेटको लागि पवनसँग ४२ रन जोड्दै जितको आधार तयार गरे। यसअघि टस हारेर ब्याटिङ गरेको राजविराज दी किङले १९.५ ओभरमा १ सय २४ रन बनाएको थियो।

राजविराजले दिएको १ सय २५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो। बलान बिहुलको ब्याटिङमा प्लेयर अफ दी म्याचसमेत घोषित हसिम अन्सारी ५२ रनमा अविजित रहे।

राजविराजका लागि अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए। प्रतीक श्रेष्ठले २२ रन र तृतराज दासले १६ रन बनाए। बलान बिहुलका बलर रूपेश सिंहले तीन तथा विकास दास, रोबिन सिंह र विष्णु मण्डलले २/२ विकेट लिए।

चौथो खेलमा तेस्रो जितपछि रूपनी राइडर्स लिग अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक भए पनि बजाज खडक वारियर्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ। हारपछि छिन्नमस्ता चार खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ।

चौथो खेलमा दोस्रो जितपछि चार अंकसहित बलान बिहुल तेस्रो स्थानमा उक्लिएको छ। यो जितपछि बलान बिहुल शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावना जीवितै भएको छ। लगातार चौथो हार बेहोरेको राजविराज द किङ अंकविहीन रहँदै पुछारमा छ।

राजविराजका लागि अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए। प्रतीक श्रेष्ठले २२ रन र तृतराज दासले १६ रन बनाए। बलान बिहुलका बलर रूपेश सिंहले तीन तथा विकास दास, रोबिन सिंह र विष्णु मण्डलले २/२ विकेट लिए।

प्रतियोगितामा शनिबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा राजविराज द किङ र कन्चनरूप राइनोज तथा दोस्रो खेलमा रूपनी राइडर्स र बजाज खडक वारियर्सले प्रतिस्पर्धा गर्नेछन्। सप्तरी क्रिकेट संघको आयोजनामा जारी लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता छ। 

प्रकाशित: ९ असार २०८० ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App