२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

छैटौं राष्ट्रिय स्केटबोर्ड शनिबार

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ।

प्रतियोगिताको पुरुषमा १ सय ५० र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुनेछ। त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता हुनेछ। छनोट प्रतियोगिताबाट समान १०–१० पुरुष/महिला खेलाडी फाइनल चरणका लागि छनोट गरिनेछ। पुरुष/महिलामा १/१ गरी दुई स्पर्धामा खेल हुनेछ।

दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले जानकारी गराए। दुवै समूमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेस्रो पटक हो। बाँकी तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो। यसैबीच संघले विश्व स्केट दिवसका अवसरमा बुधबारै र्‍याली आयोजना गर्‍यो।

प्रकाशित: ७ असार २०८० ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App