२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल र कुवेतबीचकाे खेल जारी, मध्यान्तर सम्म नेपाल २ - ० गोलले पछि

साफ च्याम्पियनसिप फुटबल अन्र्तगत अहिले नेपाल र कुवेतबीचको खेल भईरहेको छ।  

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको यी दुई विचको खेलमा मध्यान्तर सम्म नेपाली टोलीले २ गोल खाएको छ।

पहिलो गोल कुवेतका कप्तान खालेद हाजिदले २३ औ मिनेटमा  गरेका हुन । त्यसैगरी दोश्रो गोल ४२ औ मिनेटमा साबैब अलखाल्दीले गरेका हुन।

यस अघि नेपाल र कुवेतबीच  ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

नेपाली टोली  

किरण चेम्जोङ, अनन्त तामाङ, सनिश श्रेष्ठ, रोहित चन्द, विमल पाण्डे ,एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बु, अन्जन विष्ट, मनिष डाँगी, नवयुग श्रेष्ठ

प्रकाशित: ६ असार २०८० ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App