५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

ढुक्क भएर एसियाली खेलकुदको तयारीमा जुट्नुस :सदस्य सचिव

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रीत हुन बताएका छन्।

सातदोबाटोस्थित तेक्वान्दो, कराते र कुस्तीको आज तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन्।

‘तपाईहरु ढुक्क भएर तालिममा केन्द्रीत हुनुस।अन्य समस्याका बारेमा तपाईहरुले चिन्ता लिनु पर्दैन। समस्या समाधान गर्न हामी छौं।’ सदस्य–सचिव घिसिङले भने।

 प्रशिक्षण अवलोकनका क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्या लगायतका विषयमा जानकारी लिएका थिए।

प्रकाशित: ६ असार २०८० ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App