१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अमेरिकाविरुद्धको खेलमा नेपालले एक विकेट गुमायो

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले एक विकेट गुमाएको छ ।  

अमेरिकाले  दिएको २०८ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रेको नेपालले पाँचौ ओभरमा नेपालले आसिफ शेखलाई गुमाउन पुगेको हो । आसिफ १६ बलमा २ चौक्का सहित १२ रन बनाएर आउट भएका हुन ।  

अहिले कुसल भुर्तेल  र भिम सार्की क्रिजमा रहेका छ । ताजास्थीतीमा नेपालले  ९ ओभरमा १ विकेट  ४१ रन बनाएको छ । नेपालले खेल जित्न अझै १६७ रन बनाउनु पर्ने छ ।  

यस अघि अमेरिकाले पहिला व्याटिङ  ४९ ओभरमा  सबै विकेट गुमाएर  २०७ रन बनाएपछि नेपालले खेल जित्न २०८ रन बनाउनु पर्ने भएको हो ।  

अमेरिकाका लागि सबैभन्दा वढि सायन जहन्गीरले १ सय रन बनाए । त्यसैगरी सुसान्त मोदानीले ४२ र गजानन्द सिंहले २६ रन बनाए ।  

नेपालका लागि करण केसीले  ९ ओभरमा ३ मेडन  ओभर सहित ३३ रन खर्चेर ४ विकेट लिए । त्यसैगरी गुल्सन झाले  १० ओभरमा ५२ रन खर्चेर ३ विकेट हात पारे । दिपेन्द्रसिंह ऐरीले  ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । त्यसैगरी ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । आज सन्दीप लामिछाने , आरिफ शेख र कुसल मल्ल तीनै जनाले कुनै विकेट लिन सकेनन । सन्दीपले १० ओभर बलिङ गर्दै ५८ खर्चेर कुनै विकेट लिन नसकेका हुन । त्यसैगरीरी आरिफ शेखले  ४ ओभरमा २३ रन दिएर कुनै विकेट हात पारेनन । कुसल मल्लले एक ओभर बलिङ गर्दै४ रन  दिएर कुनै विकेट लिएनन।  

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। त्यसैगरी अमेरिका  वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ। 

प्रकाशित: ५ असार २०८० ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App