६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाललाई लगातार दाेस्राे सफलता, करणले लिए दुइ विकेट

आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध खेलिरहेको नेपाललाई लगातार  दाेस्राे सफलता हात परेको छ। नेपालका करण केसीले अमेरिकाको पहिलो र दाेस्राे विकेट लिएका छन्। उनले  पहिलाे विकेटमा स्टेभेन टेलरलाई एलबिडब्लुको शिकार बनाए।  भने दाेस्राेमा मुक्कामल्लालाइ आउट गरे। 

ताजा अवस्थामा अमेरिकाले ७ रन बटुलेको हो।  टस जितेर नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियाे।  

आजको खेलमा नेपाली टोलीमा केही परिवर्तन भएको छ। नेपालका तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेपछि उनको ठाउँमा ललित राजवंशीले खेलेका हुन्।

खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु भएकाे हाे। प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।

नेपालको प्लेइङ ११ः

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी र सन्दीप लामीछाने ।

प्रकाशित: ५ असार २०८० ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App