३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

समूह चरणबाटै बाहिरियो नेपाल

पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।

शनिबार हङकङविरुद्धको खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाली महिला टोली एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपको समूहचरणमै सीमित भएको हो। लगातार वर्षा भएपछि खेलमा टस नै हुन पाएन। लगातार वर्षासँगै दुवै टोलीले समान १/१ अंक बाँड्दा नेपालको यात्रासमूह चरणमा सीमित भएको हो।

नेपालसँगै हङकङको यात्रा पनि समूहचरणमा सीमित रह्यो। नेपाली टोली हङकङलाई पराजित गर्दै इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेश सम्भावना जीवित राख्ने लक्ष्यमा थियो।

तर, त्यो सम्भव हुन सकेन र नेपालसँगै हङकङ समूहचरणबाटै बाहिरिए। यो समूहबाट भारत ‘ए विजेता र पाकिस्तान ‘ए’ उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। यी दुई बीचको खेल पनि वर्षाका कारण हुन सकेन।

नेपालले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनको झीनो अन्तरले हार सामना गरेको थियो। प्रतियोगितामा थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले पहिलोपटक प्रतियोगितामा सहभागिताको अवसर पाएको हो। 

प्रकाशित: ३ असार २०८० ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App