तकामी र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन्।
चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको पहिलो सेमिफाइनलमा तकामीले बौद्ध भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्यो। निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडमले एसएनकेसीलाई १–० गोलले हरायो। फाइनल सोमबार हुनेछ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। विधागततर्फ चार उत्कृष्टलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।
प्रकाशित: २ असार २०८० १४:४३ शनिबार