१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

फ्रिडम फाइटर र कपन क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान बिहीबार दोस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

काठमाडौं महानगरपालिका वडा–७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमले भूपू सैनिक, रूपन्देहीलाई ४–० गोलले पराजित गर्यो। विजयी टोलीका लागि विकर्ण श्रेष्ठ, नरकुमार राई, राजकुमार केसी र सरोज थापाले १-१ गोल गरे। कपनले बिबिसी, बनेपालाई २–१ गोलले हरायो। कपनका देवराज नेपाली र पासाङ शेर्पाले गोल गरे। बिबिसीका सञ्जय रानामगरले १ गोल फर्काए। चावहिल स्पोर्ट्स क्लब र चारुमती युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा चितवन, रूपन्देही र बौद्ध भेट्रान पनि क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे।

चितवनले थापागाउँमाथि २–१ को जित दर्ता गर्यो। चितवनका धनबहादुर गुरुङ र रवीन्द्र श्रेष्ठले १-१ गोल गरे। थापागाउँका हरिहर थापाले सान्त्वना गोल गरे। यम राणाको निर्णायक गोल मद्दतमा रूपन्देहीले नुवाकोट दरबारलाई १–० गोलले पाखा लगायो। हेटौंडा भेट्रानविरुद्धको खेलमा बौद्ध भेट्रान २–० गोलले विजयी भयो। बौद्धका तीर्थ लामा र सिराज क्षेत्रीले १-१ गोल गरे।

प्रकाशित: २ असार २०८० ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App