१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इटालीविरुद्धको जितबाट फियोन्टेलाई राहत

स्पेनका प्रशिक्षक लुइस डे ला फियोन्टेले इटालीलाई पराजित गर्दै युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेसँगै आफ्नो टोलीको मनोबल उच्च भएको बताएका छन्।  

बिहीबार भएको सेमिफाइनलमा स्पेनले इटालीलाई २–१ ले पराजित गर्दै फाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको थियो। यसअघि प्रशिक्षक फियोन्टेको टोली स्पेन स्कटल्यान्डसँग पराजित भएपछि उनी निकै आलोचित भएका थिए। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ला रोजाले निर्धारित खेल सकिन दुई मिनेट बाँकी रहँदा गरेको गोल फाइनल पुग्नका लागि महŒवपूर्ण बनेको थियो। यसअघि स्पेनले तेस्रो मिनेटमा गोल गर्दै इटालीलाई दबाबमा राखेको थियो। तर ११औं मिनेटमा इटालीका सिरो इमोबिलले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। २१औं मिनेटमा डाभिड फ्रान्टिसीले इटालीका लागि गोल गरे पनि भिडियो सहायक रेफ्रीले मान्यता दिएन। त्यसपछि बाँकी समयमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भए। अन्तिमतिर काउन्टरमा उत्रिएको स्पेनले दुई मिनेट बाँकी रहँदा गोल गर्दै फाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो।  

गत मार्चमा सम्पन्न दुई खेलमध्ये दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएपछि निकै आलोचित बनेका प्रशिक्षक फियोन्टेले बिहीबार निकालेको रोमाञ्चक जितपछि टोलीको मनोबल बढेको बताएका हुन्। उनले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको र जितले आपूmलाई राहत मिलेको बताए।  

‘आजको जितपछि मलाई निकै राहत र आत्मसन्तुष्टि मिलेको छ। साथै टोलीको प्रदर्शनमा म निकै खुसी पनि छु। आजको खेलमा टोलीले निकै स्तरीय खेल देखाउन सक्यो,’स्पेनका प्रशिक्षक डे ला फियोन्टेले भने, ‘कागजमा बुनेको रणनीतिलाई आजको खेलमा पूर्ण रूपमा पालना गर्न सफल भयौं। यस जितले हामीलाई निकै खुसी मिलेको छ र टोलीको आत्मबल पनि उच्च भएको छ।’

प्रशिक्षक डे ला फियोन्टेले रोबिन ले नोम्र्यान्डलाई डेब्यु गराएका थिए। उनले गत मेमा स्पेनको नागरिकता लिएका थिए। रियाल सोसिडाडबाट व्यावसायिक फुटबल खेलिरहेका रोबिनको खेलले आफूलाई निकै प्रभावित गरेको भन्दै प्रशिक्षका डे ला फियोन्टेले प्रशंसा पनि गरे।  

‘उनलाई हामीले धेरै पटक नियालिरहेका थियौं। शान्त स्वभावका उनले बिहीबार निकै स्तरीय खेल देखाए। जसले गर्दा म निकै प्रभावित भएको छु। उनी स्पेनका भविष्य हुन्। उनले स्पेनमा तहल्का मच्चाउनेमा म विश्वस्त छु,’ प्रशिक्षक फियोन्टेले थपे।  

उता पराजित टोली इटालीका प्रशिक्षक रोबेर्टो मान्सिनीले दोस्रो हाफमा आक्रामक खेल देखाउने प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गरे। आक्रामक रणनीतिसहित इटालीलाई खेलाएका रोबेर्टोले आफ्नो टोलीले खेलको अन्त्यतिर रणनीतिअनुसार खेल्न नसेको बताए।  

‘समग्र खेलको मूल्यांकन गर्दा स्पेन जितको हकदार थियो। जितहार खेलको स्वाभाविक पक्ष हो। यसमा निकै सहमत छु। फाइनल प्रवेशका लागि गरेको प्रयास थियो। पराजयले पाठ सिकाएको छ,’इटाली प्रशिक्षक मान्सिनीले भने, ‘दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेनौं। रणनीतिक हिसाबमा सफल खेल खेले पनि विपक्षीलाई रोक्न असफल बन्यौं।’

फाइनल समिकरण पूरा भएसँगै उपाधिका लागि स्पेन र क्रोएसियाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। यसअघि भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियाले घरेलु टोली नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।  

प्रकाशित: २ असार २०८० ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App