२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एसएनकेसी सेमिफाइनलमा

एसएनकेसी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा एसएनकेसीले आज रुपन्देहीलाई ५–२ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि आकाश गुरुङ, राकेश श्रेष्ठ, सागर थापा, सरोज थापा र नरेश श्रेष्ठले गोल गरे । रुपन्देहीका प्रेमबहादुर राना र चन्द्रिका चौधरीले गोल फर्काए ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडम फाइटर, तकामी र बौद्ध भेट्रान पनि सेमिफाइनलमा पुगे ।

फ्रिडमले कपन भेट्रानलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । तकामीले चितवनलाई १–० गोलले पाखा लगायो । मनु गौतमले निर्णायक गोल गरे । बौद्धले बूढानीलकण्ठ भेट्रानलाई पेनाल्टी सुटआउटमा २–० गोलले पन्छायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

सेमिफाइनलमा बौद्धको भेट तकामीसंग हुनेछ भने फ्रिडमले एसएनकेसी विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।

प्रकाशित: १ असार २०८० १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App