१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

फ्रिडम र कपन भेट्रान क्वाटरफाइनलमा

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा आज फ्रिडमले भूपु सैनिक, रुपन्देहीलाई ४–० गोलले पराजित गर्‍यो । विजयी टिमका लागि विकर्ण श्रेष्ठ, नरकुमार राई, राजकुमार केसी र सरोज थापाले १–१ गोल गरे । कपनले बीबीसी, बनेपालाई २–१ गोलले हरायो । कपनका देवराज नेपाली र पासाङ शेर्पाले गोल गरे । बीबीसीका सञ्जय राना मगरले १ गोल फर्काए ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा चितवन, रुपन्देही र बौद्ध भेट्रान पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

चितवनले थापागाउँमाथि २–१ को जित दर्ता गर्‍यो । चितवनका धनबहादुर गुरुङ र रविन्द्र श्रेष्ठले १–१ गोल  गरे । थापागाउँका हरिहर थापाले सान्त्वना गोल गरे । यम राणाको निर्णायक गोल मद्दतमा रुपन्देहीले नुवाकोट दरबारलाई १–० गोलले पाखा लगायो । हेटौंडा भेट्रान विरुद्धको खेलमा बौद्ध भेट्रान २–० गोलले विजयी भयो । बौद्धका तीर्थ लामा र सिराज क्षेत्रीले १–१ गोल गरे ।

प्रकाशित: ३२ जेष्ठ २०८० १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App