१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रव्यापी अन्तर नगरपालिका यु–१८ बास्केटबल हुने

कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा मोफसलका २ सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्ने छन्। मोस्ट भेलुएबल प्लेयरु लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले कीर्तिपुरलाई चिनाउन कीर्तिपुरका बास्केटबल खेलाडीको पनि महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे । खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ।

प्रकाशित: ३१ जेष्ठ २०८० १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App