२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली महिला टोलीले अवसर गुमायो

पाकिस्तान ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाली खेलाडी कविता जोशी। तस्बिर सौजन्य: क्यान

जिम्मेवारीपूर्ण ब्याटिङ गर्न नसक्दा नेपाली महिला टोलीले एसिसी महिला इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’ विरुद्ध जित निकाल्ने अवसर गुमाएको छ।

उत्कृष्ट बलिङ गरे पनि ब्याटिङ चल्न नसकेपछि नेपाली महिला टोली पाकिस्तान ‘ए’ सँग ९ रनको साँघुरो हार बेहोर्न बाध्य भएको हो। पाकिस्तानको सिनियर टोलीका सदस्य र अधिकांश यु–१९ उमेर समूहका खेलाडी सम्मिलित पाकिस्तान ‘ए’ ले नेपाललाई हराउँदै इमर्जिङ टिम्स कपमा सुखद सुरुआत गरेको छ। यो समूहमा चार राष्ट्र छन्। मंगलबार नै भएको अर्को खेलमा भारत ‘ए’ ले पनि हङकङको राष्ट्रिय टोलीमाथि ९ विकेटको रबाफिलो जित निकाल्दै सुरुआत ग¥यो।

हङकङको मङ्कक सहरमा टस जितेर बलिङ गर्ने निर्णय सही साबित गर्दै नेपाली बलरले पाकिस्तान ‘ए’ लाई ८७ रनमा समेटे। तर, जबाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुआतदेखि नै दबाब खप्दै झीनो लक्ष्य पनि भेट्टाउन सकेन। नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेटको क्षतिमा ७८ रन मात्र जोड्यो। नेपालका लागि ओपनर कविता कुँवर र कविता जोशीले मात्र दोहोरो अंकमा रन जोडे। कुँवर २० रनमा तेस्रो विकेटका रूपमा आउट हुँदा जोशी १५ रनमा नटआउट रहिन्।

जिम्मेवारीपूर्ण ब्याटिङ गर्न नसक्दा नेपाली महिला टोलीले एसिसी महिला इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’ विरुद्ध जित निकाल्ने अवसर गुमाएको छ।

त्यसअघि समान दुई विकेट लिएका दुईले ब्याटिङमा पनि राम्रो प्रदर्शन गरे पनि जित दिलाउन भने सकेनन्। हारका बावजुद कविता कुँवर प्लेयर अफ दी म्याच भइन्। नेपालका ब्याटरले सुरुदेखि निकै सुस्त ब्याटिङ गर्दै विकेट जोगाउने प्रयास गरे। यद्यपि, आवश्यक रनरेटमा सुधार गर्दै खेल्न नसक्दा बलियो टोलीविरुद्ध जित निकाल्न चुक्यो। अन्तिम पाँच ओभरमा ३५ रन आवश्यक भए पनि नेपालले पूरा गर्न सकेन। नेपालका अनुभवी ब्याटर कप्तान रुबिना क्षेत्री ६ रन र इन्दु बर्मा ४ रनमा नै आउट भए।

ओपनर सीता रानामगरले २० बल खेले पनि ६ रन मात्र जोडिन्। पाकिस्तानी बलरसामु निरीहपूर्ण ब्याटिङ गर्दै नेपालले खेल सुम्पियो। पाकिस्तानको बलिङमा तुबा हसन र साइदा साहले समान दुई तथा अनोसा नासिर र उम इ हानीले समान एक विकेट निकाले। पाकिस्तानी टोलीले पाँच बलर प्रयोग गर्दा सबैले किफायती बलिङ गरे। त्यसअघि नेपाली बलरले पनि उत्कृष्ट बलिङ गर्दै बलियो टोली पाकिस्तानलाई १९.४ ओभरमा ८७ रनमै समेट्यो।

कुँवरले पहिलो ओभरको छैटौं बलमा ओपनर इमान फातिमालाई शून्यमा नै पवेलियन फर्काउँदै पाकिस्तानलाई ठूलो झड्का दिइन्। त्यसपछि पाकिस्तान ‘ए’ ले समालिएर खेल्ने प्रयास गर्‍यो र दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गर्‍यो। कविता जोशीले छैटौं ओभरमा सादफ सामसलाई १२ रनमा आउट गर्दै पाकिस्तानलाई अर्को झड्का दिइन्। एक छेउबाट लगातार विकेट गुमाएपछि पाकिस्तानले ठूलो योगफल बनाउन नै सकेन। पाकिस्तानका लागि ओपनर सावल जुल्फिकरको २८ रन नै सर्वाधिक ठूलो व्यक्तिगत योगफल रह्यो।

ओपनर सीता रानामगरले २० बल खेले पनि ६ रन मात्र जोडिन्। पाकिस्तानी बलरसामु निरीहपूर्ण ब्याटिङ गर्दै नेपालले खेल सुम्पियो।

गुल फेरोजाले ११ रन र कप्तान फातिमा सानाले १६ रनबाहेक थप ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालको बलिङमा इन्दु बर्माले तीन ओभरमा एक मेडनसहित तीन विकेट लिइन्। कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई विकेट लिँदा पाकिस्तानले एक विकेट रनआउटका रूपमा गुमायो। अस्मिता कर्माचार्य र कृतिका मरासिनीबाहेक नेपालका सबै बलर किफायती रहे। बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा साथ नपाउँदा नेपालले पहिलो खेलमा हार बेहोर्‍यो। नेपालले समूहको दोस्रो खेल बिहीबार भारत ‘ए’ सँग खेल्नेछ। 

प्रकाशित: ३१ जेष्ठ २०८० ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App