५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

मुख्यमन्त्री राष्ट्रिय महिला भलिबल कप: विभागीय टीम सशस्त्र प्रहरी विजयी

विभागीय टिम शसस्त्र प्रहरी वलको एपीएफ क्लब इटहरीमा सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको दुईवटै खेलमा सतप्रतिशत जीत एपीएफले निकालेको हो। एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार बिहान भएको खेलमा एपीएफले आयोजक कोशी प्रदेशलाई ३–० को सोझो सेट अन्तरमा हरायो। सशस्त्रले कोशी प्रदेशलाई  २५–६, २५–६ र २५–४ को अन्तरले हराएको थियो।

सोमबार राति भएको उद्घाटन खेलमा एपीएफले बागमती प्रदेशलाई हराएको थियो। उद्घाटन खेलमा एपीएफले वागमतीलाई ३–१ को सेटले पराजित गरेको थियो। सतप्रतिशत जीत निकालेको एपीएफ दुइ खेलबाट ६ अंक सहित समुह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

मंगलबार बिहान नै भएको दोस्रो खेलमा  त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। इटहरी रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले पहिलो जित हात पारेको हो। यसअघि पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको आर्मीले मंगलबार आफ्नो दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको हो। सहज जीत हात पार्ने क्रमा आर्मीले लुम्बिनी प्रदेश माथि २५–१२, २५–१९ र २५–१८ को जीत हात पा¥यो । जेठ ३२ गते उपाधि भिडन्त हुनेछ।

उपाधि विजेताले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन। यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत वेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिनेछ। प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला, इटहरीमा सुरु प्रतियोगितामा तीन बिभागीय सहित ६ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा कुल २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ।  

प्रकाशित: ३० जेष्ठ २०८० १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App