२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काठमाडौं भ्यालीको जित

काठमाडौं भ्यालीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेको छ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा आज  काठमाडौं भ्यालीले नर्थ भ्यालीलाई २३–२२ को साँघुरोअन्तरले पराजित ग¥यो। काठमाडौं भ्यालीका जस्वाल लम्पीले ६ स्कोर गरे।

जुनियर ब्वाइजमै सिद्धार्थ मोडलले सिर्जना ज्ञान सागरलाई १८–१५ तथा जीवन ज्योतिले स्प्रिङ भ्यालीलाई २४–२२ ले हराए। सिद्धार्थ मोडलका सविर मगर तथा जीवन ज्योतिका आयुश तामाङले समान ८–८ अंक जोडे।

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए)  को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा न्यु एराले नर्थ भ्यालीलाई २२–१८, काठमाडौं लिङकनले काठमाडौं शिक्षालयलाई १८–१० र पद्यमचक्रले सिर्जना ज्ञान सागरलाई २४–१२ ले पाखा लगाए। न्यु एराकी नर्गिमा तामाङले १०, काठमाडौं लिङकनकी लिरोन श्रेष्ठले ८ र पद्यमचक्रकी श्रद्धा फुयालले १० स्कोर गरे।

प्रकाशित: २७ जेष्ठ २०८० १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App