२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बिएमसिए र पृथ्वी सेमिफाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिएमसिए सिनियर ब्वाइज तथा पृथ्वी गल्र्समा सेमिफाइनल पुगेका हुन्। सिनियर ब्वाइजमा बिएमसिएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित ग¥यो। विजयी टिमका लागि पारस गुरुङले ११ अंक जोडे। 

गल्र्समा पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो। पृथ्वीकी बबिता घिमिरेले १९ अंक बटुलिन्। सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३६–२५ ले, ग्रिनल्यान्डले एचएचसिएलाई ५५–४८ ले तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे। त्यस्तै भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे।  

प्रकाशित: २७ जेष्ठ २०८० ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App