२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

भ्याली पब्लिक र ग्रिनल्यान्ड विजयी

भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा  सफलता पाएका छन्।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भ्याली पब्लिकले आयोजक बीएमसीए ।बी’ लाई ४२–३३ ले पराजित गर्‍ यो । भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक योगदान गरे । प्रवीण गुरुङको १३ अंक सहयोगमा ग्रिनल्यान्डले टीआईएलाई ४४–३२ ले हरायो।

सिनियर ब्वाइजमै दोहोरो जित निकाल्ने क्रममा भ्याली पब्लिकले सेन्ट जेभियर्समाथि ४९–३० को जित दर्ता गर्‍ यो।विजयी टिमका लागि सुजन चौधरीले १५ अंक जोडे । हिमालयन किङडम विरुद्धको खेलमा गोल्डेनपिक ५९–३७ ले विजयी भयो।

गल्र्समा पनि भ्याली पब्लिकले दोहोरो जित आत्मासात् गर्‍यो। भ्याली पब्लिकले बीएमसीएलाई ३५–२८ तथा जुगललाई ३९–२५ ले पाखा लगायो। जितमा बीएमसीए विरुद्ध लोरिशा गौचनले ११ तथा एन्जल गुप्ताले १९ स्कोर  गरे। जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १८–१३, गोल्डेनपिकले बीएमसीएलाई २५–२० र स्किब्सले एन्जल्स हार्टलाई १८–१७ ले पन्छाए। ग्रिनल्यान्डका विश्वास केसीले ६ तथा गोल्डेनपिकका पासाङ शेर्पाले १५ अंक जोडे।

प्रकाशित: २० जेष्ठ २०८० १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App