२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा

फाइल तस्बिर

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ।

यसअघि, न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। त्यति बेला लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममितिसम्बन्धी प्रमाण पुनः झिकाउन अदालतबाट आदेश भएको थियो।

२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो।

असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो।

प्रकाशित: १६ जेष्ठ २०८० ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App