४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सुमनलाई पुरुष सिंगल्समा स्वर्ण

फाइल तस्वीरू

किङ्स टिटीका सुमन शाक्यले सोमबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

स्ट्याग च्याम्पियन्स टेबल टेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते।

पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका मुकेश महर्जन पहिलो, किङ्सकै राजीव महर्जन दोस्रो तथा कास्कीका रूपबहादुर गुरुङ र किङ्सका संघरत्न डंगोल तेस्रो भए।

पोखरा महानगरपालिका–२ को सहयोग, कास्की जिल्ला टेबल टेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको प्लेटतर्फ कास्कीका किसन जिसी, ललितपुर टिटी क्लबका निम जोशी तथा रिभाइभ हेल्ट क्लबका सुनिल शाक्य र कास्कीका रवीन्द्र कँडेल क्रमशः शीर्ष तीन स्थानमा रहे।

प्रकाशित: १६ जेष्ठ २०८० ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App