४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

बक्सिङमा दोस्रो चरणको छनोट

एसियन गेम्स दोस्रो चरणको बक्सिङ छनोटअन्तर्गत सोमबार ५० किलो तौल समूहमा महिलातर्फ नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाललाई ४–१ ले पराजित गरिन्।

५४ किलो तौल समूहमा आर्मीकी मिनु गुरुङले बक्समान्डुकी अन्जली तेलीलाई ३–२ ले पराजित गरिन्।

महिलाकै ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापाले एपिएफकी नीता तामाङलाई ५–० ले पराजित गरिन्। ६० केजी तौल समूहमा एपिएफकी संगीता सुनारलाई टिएसीकी वर्षा श्रेष्ठले वाकओभर दिइन्।

एसियन गेम्स दोस्रो चरणको बक्सिङ छनोटअन्तर्गत सोमबार ५० किलो तौल समूहमा महिलातर्फ नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाललाई ४–१ ले पराजित गरिन्।

त्यसै गरी महिला ६६ किलो तौल समूहमा एपिएफकी विनीता थापामगरले आर्मीकी निरु गुरुङलाई ५–० ले पराजित गर्दा ७५ किलो तौल मूहमा एपिएफकी सरस्वती रानामगरले आफ्नै क्लबकी मनिता राईलाई ५–० ले नै पराजित गरिन्।

पुरुषतर्फ ५१ किलो तौल समूहमा एनपिसीका चन्द्र थापाले एचटुओका रविन थापालाई ३-२ ले पराजित गरे। पुरुष ५७ किलो तौल समूहमा एचटुओका बुद्ध ग्याल्मो लामाले बोसीगाउँका सुलभ मालीलाई ५-० ले पराजित गर्दा ६३.५ किलो तौलसमूहमा एनपिसीका भूपेन्द्र थापामगरले जेनेक्सका मौसम रानामगरलाई ५-० पराजित गरे।

पुरुषतर्फ ५१ किलो तौल समूहमा एनपिसीका चन्द्र थापाले एचटुओका रविन थापालाई ३–२ ले पराजित गरे।

७१ किलो तौल समूहमा आर्मीका दीपेश लामाले सुदूरका भरत चन्दलाई ५-० ले पराजित गरे। पुरुष ८० किलो तौल समूहमा आर्मीका दीपक श्रेष्ठले बक्समान्डुमा मनोज तामाङलाई ५-० ले पराजित गर्दा ९२ किलो तौल समूहमा एपिएफका रविन नेपालले गण्डकीका दीपक सुनुवारलाई वाकओभर डिसिजनका आधारमा पराजित गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छनोट प्रतिस्पर्धाको अवलोकन गरेका थिए। उक्त अवसरमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति थियो।

प्रकाशित: १६ जेष्ठ २०८० ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App