२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेसन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ।

ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्नेछन्। श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा एक वर्षका लागि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए।

ब्राण्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनै पनि प्रवर्द्धनात्मक गतिविधिमा सघाउने क्षेत्रीले बताए। थिंक स्मार्टले पोखरामा झण्डै एक दशकदेखि उच्च शिक्षाका लागि विभिन्न मुलुक जाने विद्यार्थीका लागि सहजीकरण गर्दै आएको छ।

श्रेष्ठ फुटबलका राष्ट्रिय खेलाडी हुन्। उनी अहिले मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबलको करियर अगाडि बढाएका छन्। काठमाडौंमा सञ्चालित शहीद स्मारक ए डिभिजन लिगमा मनाङको जर्सीमा खेल्दै आएका छन्।

फुटसलबाट उदाएका सुमित केही महिना अघि मात्रै नेपालमा आयोजित भुटान, लाओस र नेपाल सम्मिलित थ्री नेसन्स कपमा डेब्यू गरेका थिए। नेसन्स कप मार्फत सुमितले लाओस विरुद्ध नेपालको जर्सीमा मैदान उत्रिएका थिए। गत वैशाखमा पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डमा वर्ष खेलाडी पुरुषमा मनोनयनमा समेत परेका थिए।

प्रकाशित: १० जेष्ठ २०८० ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App