२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

काभा महिला भलिबल च्यालेन्ज :नेपाल सेमिफाइनलमा

पाहुना टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै आयोजक नेपाल राधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा एक खेल अगावै स्थान पक्का गरेको हो। समूह ए को खेलमा यसअघि भारतले पनि लगातार दोस्रो खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ। लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएका छन्।

अब नेपाल र भारतबीच समूह विजेताको छिनोफानोका लागि प्रतिष्पर्धा हुनेछ। लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपालको दुई खेलबाट ६ अंक छ। भारतको पनि ६ अंक छ। किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन। किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ।

पाहुन टोली बंगलादेशमाथि एकपक्षीय जित निकाल्ने क्रममा पहिलो सेटमा २५–१० को जित निकालेको थियो। दोस्रो सेटको सुरुवातमा बंगलादेशले कडा चुनौति दिएपनि नेपालले २५–८ को सहज जित निकाल्दा नेपालले २–० ले अगाडि रहेको थियो। दोस्रो सेटको खेलमा ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिदै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो। तेस्रो सेटमा पनि शुरुवातदेखि नै अग्रता लिँदै नेपालले २५–९ ले आफ्नो पक्षमा पार्दे जित निकाल्न सफल भयो।

बंगलादेशबिरुद्धको खेलबाटै नेपालका चार खेलाडीले डेब्यु गरे। कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र लिवेरो शान्तिकला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। सबैले बंगलादेशबिरुद्धको बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले डेब्यु गराएका हुन्। यसअघि सोमवार किर्गिस्तानसँगको खेलमा संगम महतो र बायाँहाते स्पाइकर रिमा कुँवरले डेब्यु गरेका थिए।

प्रतियोगिता अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा श्रीलंकाबिरुद्ध प्रतिष्पर्धात्मक जित निकाल्दै काजकस्तान च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ। काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो। लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो। प्रतिष्पर्धात्मक बनेको खेलमा काजकस्तानले पहिलो सेट २५–१६ ले जितेको थियो।  दोस्रो सेट २८–२६ ले जित्न निकाले पनि तेस्रो सेट १८–२५ ले गुमाउन पुगेको थियो। रोमाञ्चक बनेको चौथो सेटमा २९–२७ को जित निकाल्दै काजकस्तानले लगातार दोस्रो जित निकाल्न सफल भयो। यस जितसँगै काजकस्तानको दुई खेलबाट ६ अंक पुगेको छ। श्रीलंका भने अंकबिहीन छ। यो समूहमा उज्वेकिस्तानको ३ तथा माल्दिभ्स पनि अंक बिहीन छ।

प्रतियोगिता अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा भारतले कीर्गिस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै सेमिफाइनल नजिक पुुगेको छ। भारतले कीर्गिस्तानलाई २५–१७, २५–८ र २५–८ को सोझो सेटमा पराजित गरेको हो। यस जितसँगै समूह ए मा रहेको भारत २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ।  

प्रकाशित: ९ जेष्ठ २०८० १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App