२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

धनकुटामा जारी १५ औँ शहिद भीमनारायण गोल्डकपको उपाधि क्षमा देवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ।

आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो।उपाधिसँगै प्लानिङ ब्वाइजले नगद  पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ।उपविजेता बनेको वीरगञ्ज युनाइटेडले रु दुई लाख ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ।

प्लानिङ ब्वाइजको जितमा  योनिपोलियनले दुई, समिर थापा र विशाल दर्जीले एक÷एक गोल गरेका थिए। फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अविनाश थापामगर घोषित भए। उनले नगद  चार हजार हात पारे।

त्यस्तै विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्ट्राइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए। उनीहरूले  सात÷सात हजार नगद र ट्रफी हात पारे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भएका छन्। उनले नगद  १५ हजार र ट्रफी प्राप्त गरेका छन्।

वैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपीएफ काठमाडाँै र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको थियो।

विसं २०५५ मा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले यो प्रतियोगिताको सुरुआत गरेका  हुन। नेपाली कांग्रेसका नेता शहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो।

प्रकाशित: ३ जेष्ठ २०८० १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App