७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

जेष्ठ २१ देखि कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन हुने

यही जेठ २१ गते देखि १६ औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुदैछ।

नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्ण मोहन श्रेष्ठको स्मृतिमा आयोजना हुने १६ औं  राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता जेष्ठ २१ देखि २४ गते सम्म हुनेछ।

नेपाल एपिएफ क्लब ९कृष्ण मोहन स्मृति भवन० हल चोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन्।

राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ वर्ष माथि तथा अन्तर सरकारी सेवा ९बहाल तथा निबृत्त० ३५ वर्ष माथि गरि १० विधामा प्रतिस्पर्धा हुनेछ।

कुल ८ लाख, ६५ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शीर्ष तीनका खेलाडीहरुले नगद ७० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्ने छन्। यस्तै युगल तर्फ पहिलो हुनेले नगद ५५ हजार, दोश्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार प्राप्त  गर्नेछन्। यस्तै ब्वाईज १२ र १९ वर्ष मुनिका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन्।  

मिक्स युगल तर्फ प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गर्नेछन्। भेट्रान्स तर्फका दुवै समूह र अन्तर सरकारी सेवाका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रथम हुनेले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन्। यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।

कार्यक्रमलाई फर्मुला प्लस ईभेन्ट एवं एडभर्टाईजिङ्ग प्रा।लि।,नेपाल ब्याडमिन्टन संघ ९प्राविधिक सहयोग०, बागमती प्रदेश, योनेक्स सनराईज नेपाल, एपिएफ मेम्बर्स सोसाईटीले समन्वय र सहकार्य गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो।

साथै पत्रकार सम्मेलनमा १२ औं सहवीर स्मृति खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता संघ संग समन्वय गरि भदौमा संचालन गरिने समेत जानकारी गराईएको छ। 

प्रकाशित: ३ जेष्ठ २०८० १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App