२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

उमा कुङ्फु टोलीको बिदाइ

उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित दुई सदस्यीय नेपाल टोली शुक्रबार इङल्यान्डको ग्लोस्टर प्रस्थान गर्ने भएको छ। मे १४ तारिखमा हुने प्रतियोगितामा कमल मगरले विभिन्न ३ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। उनले १८ वर्षमाथि उमेरसमूहमा चाइनिज क्रिएटिभ, वेपन्स फर्म र बेयर ह्यान्ड स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

कमल इङ्ल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्वकपमा स्वर्ण, अस्ट्रियामा भएको विश्वकपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत विजेता हुन्। कमलसंगै टिम व्यवस्थापकको भूमिकामा नेपाल उमा कुङफु संघ, कोसी प्रदेशका सदस्य सुरेन राई पनि इङ्ल्यान्ड जानेछन्। टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सन्जित राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन, सदस्य अशोक केसी, तारकेश्वर उमा कुङ्फुका अध्यक्ष शिव कुँवर, उमा कुङ्फुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुतुवारले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: २९ वैशाख २०८० ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App