२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आयोजक वसुन्धरा क्वार्टरफाइनलमा

आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) बिहीबार छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। वसुन्धरास्थित आफ्नै कोर्टमा बिएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ‘ए’को विजेता बन्यो।  

बिएनएकी स्मृति खत्रीले १३ अंक जोडिन्। सिनियर गल्र्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ तथा एचएचसिएले बेल मोन्टलाई २९–१४ ले हराए। एलएनएकी सदीक्षा गुरुङ तथा एचएचसिएकी सरा राईले समान ८-८ स्कोर गरे।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई २०–१०, गोल्डेनपिकले पारामाउन्टलाई २२–७, ओडिसीले ग्रिनल्यान्डलाई १७–१४ र स्किब्सले एचएचसीएलाई १९–१० ले पाखा लगाए। एन्जल्स हार्टका रूपेश पौडेलले ९, गोल्डेनपिकका अमन गुरुङले १०, ओडिसीका सुहान तामाङले ७ र स्किब्सका सोहन ठकुरीले ८ अंक जोडे। सिनियर ब्वाइजको थ्री बाई थ्रीको एक मात्र प्रतिस्पर्धामा ओडिसीले काठमाडौं ग्लोबलमाथि १३–८ को जित दर्ता गर्यो। 

प्रकाशित: २९ वैशाख २०८० ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App