१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

बीएनए क्वाटरफाइनलमा

आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बसुन्धरास्थित आफ्नै कोर्टमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ए को विजेता बन्यो।

सिनियर गल्र्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ तथा एचएचसीएले बेल मोन्टलाई २९–१४ ले हराए।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई २०–१०, गोल्डेनपिकले पारामाउन्टलाई २२–७, ओडिसीले ग्रिनल्यान्डलाई १७–१४ र स्किब्सले एचएचसीएलाई १९–१० ले पाखा लगाए।सिनियर ब्वाइजको थ्री बाइ थ्रीको एक मात्र प्रतिस्पर्धामा ओडिसीले काठमाडौं ग्लोबलमाथि १३–८ को जित दर्ता गर्‍यो ।

प्रकाशित: २८ वैशाख २०८० १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App