१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ए डिभिजन लिग:एपिएफले आर्मीलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग  फुटबलमा शसस्त्र प्रहरी बल एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज  भएको खेलमा एपीएफले आर्मीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्यो।एपिएफको जितमा अर्मान्ड बेडम, आवास लामिछाने र कप्तान नवीन लामाले १/१ गोल गरे।

लिगको पहिलो चरणमा पनि आर्मी एपिएफसँग १-० ले पराजित भएको थियो।जितसँगै एपिएफ आर्मीलाई उछिन्दै छैंटौ स्थानमा उक्लेको छ।एपिएफले १६ खेलबाट २२ अंक बनाएको छ। पराजित आर्मी एक स्थान तल झर्दै सातौं स्थानमा छ।आर्मीको १६ खेलमा २१ अंक छ । 

प्रकाशित: २७ वैशाख २०८० १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App