६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अन्तरविद्यालय टेबल टेनिसको तयारी

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा २ सयभन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउनेछन्। ब्वाइज÷गल्र्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले ७ हजार ५ सय तथा तेस्रोले ३÷३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ।

प्रकाशित: २२ वैशाख २०८० ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App