१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली बक्सर पराजित

अन्तर्राष्ट्रिय बक्सिङ संघ आइबिएको आयोजनामा उज्बेकिस्तानको राजधानी तास्कन्दमा जारी आइबिए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज भूपेन्द्र थापा पराजित भएका छन् ।

भूपेन्द्र जर्मनीका गोक्दुमान देवरामसँग ४–१ अंकको आधारमा पराजित भएका हुन्। शनिबारबाट सुरु भएको प्रतियोगिता मे १४ सम्म सञ्चालन हुनेछ। १३औं सागका स्वर्ण पदक विजेता भूपेन्द्रले ६०–६३.५ केजी तौल समूहमा जर्मनीका गोक्दुमान देवरामसँग राउन्ड ६४ अन्तर्गत सेसन २ ‘ए’ को पाँचांै नम्बर बाउट ४६ मा प्रतिस्पर्धा गरेका थिए ।

भूपेन्द्र जर्मन मुक्केबाजसँग राम्रो खेल प्रदर्शन गर्दै ४–१ (स्प्लिट) अंकमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर श्यामकाजी अवालेले जानकारी दिएका छन्।  

४८ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि सो स्थानमा पुगिसकेका छन्। रविन थापाले उज्बेकिस्तानी बक्सरसँग बिहीबार प्रतिस्पर्धा गर्नेछन्। थापासहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुनमगरलाई गत अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेसहितको टोलीले बिदाइ गरेको थियो।

प्रकाशित: २१ वैशाख २०८० ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App