१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

बलिया राष्ट्रसँग प्रतियोगितामा खेल्न पाउनु नेपालका लागि मौका हो: कप्तान पौडेल

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन्।

उनले बलिया टोलीबिरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए। एशिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भुमिका तारिफयोग्य रहेको समेत बताए।

प्रशिक्षकको योजना अनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एशिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए। अहिले एशियाकप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भएपनि एशिया कप हुनुपर्ने बताए। 

प्रकाशित: १९ वैशाख २०८० ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App