९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

कुवेतविरुद्ध नेपालले २८१ रन बनायो

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेलमा नेपालले  २८१ रन बनाएको छ। 

किर्तिपुर क्रिकेट मैदानमा भएको  खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१  रन बनायो। 

वर्षाले प्रभावित भएपछि खेल ४२ ओभरमा छोट्याईएको हो। वर्षाको कारण दुई घण्टा ढिलो सुरु भएपछि खेल ८/८ ओभर घटाइएको हो। दुई जना बलरले मात्रै बढीमा ९/९ ओभर बलिङ गर्न पाउनेछन्।

नेपालका लागि सबै भन्दा वढि कप्तान रोहित पौडेलले ९५ बलमा ९४ रन बनाए। कुसल मल्लले ५७ , कुसल भुर्तेलले ४३ र आसिफ शेखले ३१ रन बनाए। आरिफ शेख १९ रनमा रन आउट भए। 

भिम सार्की १ रनमा, सन्दीप लामिछाने ५रनमा ,करन केसी ७ रनमा तथा दिपेन्द्रसिंह ऐरी ० रनमा आउट भए। सोमपाल कामी १३  तथा ललितराजवंशी २ रनमा नट आउट रहे। कुवेतका लागि मोहमद अस्लाम र अन्दान इन्दीजले तीन तीन विकेट हात पारे। त्यसैगरी एसिन पटेल र साहेम मोनिवले एक एक विकेट लिए।  
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन्।कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ। पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ।

दोश्रो सेमिफाईनल खेल अन्र्तगत आजै मुलपानी क्रिकेट मैदानमा यूएई र ओमानबीच प्रतिस्पर्धा भईरहेको छ । ओमानले टस जितेर फिल्डीङ रोजेपछि यूएईले पहिला ब्याटिङगर्दै  ४९ दशमलब २ ओभरमा २३६ रन बनाएको छ । जवाफमा ताजास्थीतीमा ओमानले  २९ ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको छ । ओमानलाई जितको लागि अझै २१ ओभरमा १०७ रन बनाउँनु पर्नेछ ।  

प्रकाशित: १६ वैशाख २०८० ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App